दमक । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् ।
रीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिनुभयो । पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ