बेलहिया नाकाबाट नेपाल भित्रिएका सात सय पचास जना क्वारेन्टाइनमा

विहीबार, ०१ जेठ २०७७, १४ : २३

भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट बिहीबार नेपाल भित्रिएका सात सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतका विभिन्न ठाउँबाट सीमा क्षेत्रमा आएर भारतीय भूमिमा नै लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए ।

रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने पन्तले बताए । रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन् । 

प्रतिक्रिया दिनुहोस