कोरोना अपडेट : विश्वभर २ लाख ९२ हजारको मृत्यु

एजेन्सी

बुधबार, ३१ बैशाख २०७७, १५ : १८

जेनेभा (रासस–एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।   

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश          कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर                  ४३,४३,२५२    १६,०४,५६२    २,९२,९१४

१.    युरोप                     १६,७६,२४३    ६,८७,२३२     १,५५,७८३
२.    उत्तर अमेरिका        १५,४६,७३६    ३,६९,४३८      ९३,५५४
३.    एसिया                   ७,०३,६०९     ३,९४,९१९       २२,८६५
४.    दक्षिण अमेरिका       ३,३६,३७८      १,१९,७३२       १८,१७१
५.    अफ्रिका                 ७०,९८४        २४,८२०         २,४०७
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,५८१           ७,७७०          ११९

    दक्षिण एसियाली मुलुकहरु            

१.    भारत            ७४,४८०    २४,४५३    २,४१५
२.    पाकिस्तान       ३४,३३६    ८,८१२    ७३७
३.    बंगलादेश        १६,६६०    ३,१४७    २५०
४.    अफगानिस्तान    ४,९६३    ६१०       १२७
५.    श्रीलंका          ८८९      ३६६     ९
६.    माल्दिभ्स        ९०४       २९        ३
७.    नेपाल            २१९           ३३          –
८.    भुटान            ११          ५          –

प्रतिक्रिया दिनुहोस