काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति निश्चित नहुँदै केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् । महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् ।
पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताए ।
चार वर्षभित्र महाधिवेशन हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औं महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् ।
‘नियमित समयमा महाधिवेशन गर्न अहिले भन्दा १० गुणा बढी काम गर्नुपर्दछ । अहिले दबाब सिर्जना गर्न सकिएन भने महाधिवेशन समयमा हुनसक्दैन,’ महरले अनलाइनखबरसँग भने । महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम र प्रचारमा लाग्ने बताए ।
महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरु धेरै भएपनि सार्वजनिक रुपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । कांग्रेसको विधान अनुसार निर्वाचित दुई महामन्त्री हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छः नैनसिंह महर
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?
मधेसमा २० सदस्सीय मन्त्रिमण्डल बनाएकोमा नैनसिंह महरको आपत्ति
सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर