रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा बयानका लागि रवि बुधबार अदालतमा हाजिर भएका थिए । विहीबार थुनछेक बहसको पहिलो दिन ८ जना सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए ।
श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले आजको बहस सुरू भएको जानकारी दिए । जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलपछि रवितर्फका वकिलहरूले बहस गर्नेछन् ।
सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा. नारायणदत्र कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।
प्रतिवादीको तर्फबाट ८ जनाले बहस गर्ने नाम टिपाइएको र दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने ज्ञवालीले बताए ।विहीबार सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए ।
त्यस्तै उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।रविको तर्फबाट बहस गर्नेको सूची लामो भएकाले आजै आदेश आउन सक्ने सम्भावना कम छ । त्यही पनि बहस छोट्याउने तयारी छ ।
जवाफी बहसपछि मात्रै न्यायाधीशले रवि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश सुनाउने छन् ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’