काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।
कोेहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको समूहले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाब संकलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० बैशाख २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति