पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

एजेन्सी

सोमबार, २९ बैशाख २०७७, २० : ४८
पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

फाईल फोटो

काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी भएको छ ।  सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीस हजार ९४१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ४७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ । सङ्क्रमितमध्ये सवैभन्दा धेरै पञ्जाव प्रन्तमा रहेका छन् । त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ । 

त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस