चितवन । कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो ।
कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३ सय भन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ ।
एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १ सय थान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो ।
यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना सङ्कलन हुने गरेको छ । विगतका दिनहरुजस्तै नमूना सङ्कलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताउनुभयो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताउनुभयो । यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरको छ लेन सडक निर्माणको ८५ प्रतिशत काम सम्पन्न
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै