चौतारा । वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँचवटा चौपाया मरेका छन् ।
चट्याङबाट वडा नं ४ पाङ्ताङ निवासी छेवाङ तामाङको एउटा गोरु, दुईवटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
वडा सदस्य श्रेष्ठका अनुसार सँगै रहेका तीनवटा गोठमध्ये दुईवटामा चट्याङ परेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
चट्याङबाट दुई जनाको मृत्यु
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते