काठमाडौं । प्रदेश नं ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम वढी थियो ।
गत आर्थिक वर्ष २०७५÷०७६ को चैतमा यस प्रदेशमा ८१ सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८० गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए । चालु आव २०७६÷०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिनुभयो ।
गत आवको २०७५÷०७६ वैशाखमा ९० सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३ गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा । चालु आव २०७६÷०७७ वैशाखको अहिलेसम्म २१ सवारी साधनमा चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ ।
गत आव २०७५÷०७६ वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८६८ भएका थिए भने मृत्यु हुनेको सङ्ख्या ४९६ र गम्भीर घाइते ७८५ र सामान्य घाइते ५८६ भएकामा चालु आवमा २०७६÷०७७ मा मृत्युदर केही घटेको छ । चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८५८ भएकामा मृत्यृ हुने ३९२, गम्भीरर घाइते ८३४ र सामान्य घाइते ४३२ रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ ।
बन्दाबन्दीसँगै प्रदेश नंं ५ मा ट्रक पाँच हजार ८१८, बस ८८७, जिपकार पाँच हजार २२१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५३०, अटो दुई र अन्य एक गरी १४ हजार ४७८ मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ । ती साधनमा ३६ हजार ९४३ मानिसले आवतजावत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० बैशाख २०७७, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु