काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उहाँले सबै खालको तयारी गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरुले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्नाका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभयो ।
परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद्बाट हुने जोखिमका विषयमा छलफल भएको छ । बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित रहनुभएको थियो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मिडिया ट्रायल गर्दा आलोचना भएपछि ब्याक हटे प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह