काठमाडौं । पोखरा महानगरपालिकाले राहतका कार्यक्रम ल्याएको छ । महानगरले दैनिक ज्यालादारी गरेर छाक टार्ने अति विपन्न परिवारको लागि यस्तो कार्यक्रम ल्याएको हो ।
विपन्न परिवारलको संख्या वडाबाट संकलन गरि महानरले २ करोड रुपैयाँको कोष खडा गरेर महानरले राहत बाड्ने छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले प्रत्येक वडालाई त्यस्ता किसिमका परिवारको नामावलि संकलन गर्न निर्देशन लिई सकेको छ ।
वडाले त्यस्ता परिवारको किटान गरि सकेपछि टोकन वितरण गर्ने छ । टोक पाएको परिवारले आफ्नो टोल नजिकैको पसलबाट उक्त राहत पाउने छन् । राहत २ हजार रुपैयाँ रकम बराबरको हुने छ ।
प्याकेजमा २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, नुन र एक केजी गेडागुडी रहेको छ । महानरले करिब १० दिनसम्मको लागि यो प्याकेज ल्याएको हो । तर, १० दिनसम्ममा पनि रकम नसकिए राहत कार्यक्रम थप्ने मेयर जीसीले बताए । ‘बिपत्तिको बेला कोही पनि भोको नरहुन् भन्ने महानगरको उद्देश्य हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०७६, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा महानगरपालिकाले हटाएका ५९ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन