प्रधानमन्त्री ओलीले बोलाए आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक

आइतबार, ०९ चैत्र २०७६, १४ : ३९
प्रधानमन्त्री ओलीले बोलाए आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् ।  फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो ।

उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो । आजको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ ।  बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस