चितवन । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थायी अस्पताल निर्माण सम्पन्न गरिएको हो ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।
कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिने गरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो । उक्त अस्पताल शुक्रबारबाट विरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो ।
संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थायी अस्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शंका लागेका बिरामीलाई मात्र त्यहाँ राखिने छ ।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । सफल खबरसँग कुराकानी गर्दै मेयर दाहालले ५० वेड तयार भैसकेको बताउनु भयो । उहाँले बाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिनुभयो ।
उहाँले उक्त अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको मेयर दाहालको भनाइ छ ।
अस्पतालका प्राविधिक संयोजक अधिकारीले ७० बेडबाट विस्तार गरेर ३ सय बेडसम्मको अस्पताल बनाउन सकिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०७६, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरको छ लेन सडक निर्माणको ८५ प्रतिशत काम सम्पन्न
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै