डोटी । पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ ।
दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले विवाह दर्तामा महिलाको अग्रसरता बढेको जानकारी दिनुभयो । जिल्लास्थित अल्पकालीन सेवा सङ्घका प्रमुख देवकी बोहराले भन्नुभयो, “आफ्नो पहिचान र अधिकारका लागि महिला नागरिकता लिन थालेका छन् । व्यक्तिगत घटना दर्ता गर्नेको सङ्ख्या वढेको छ । यो आफैँमा राम्रो पक्ष हो ।”
विवाह दर्ता गराउनेको सङ्ख्या बढेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय शारदा नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्सँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।” यहाँको दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको सङ्ख्या २५० थियो । चालू आवको माघ मसान्तसम्ममा एक हजार २०० भन्दा बढी पुगेको जनाइएको छ ।
पञ्जिकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको सङ्ख्या बढिरहेको छ । विवाह दर्ता गर्न नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उहाँले बताउनुभयो । नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिलाहरु पछिल्लो समय निकै सचेत बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षभन्दा अहिले यहाँका महिलाहरु निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।”(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा एक महिलाको हत्या
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
धनुषामा एक महिलाको विभत्स हत्या
अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित
गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन
युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु