काठमाडौं । सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।
वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको हो ।
विष्णुमायाको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ पुस २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
गुल्मीमा एक जना महिला मृत फेला
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
धनुषामा एक महिलाको विभत्स हत्या