प्रचण्डमाथि भएको जुत्ता प्रहारबारे छानविन हुने

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १२ : १०
प्रचण्डमाथि भएको जुत्ता प्रहारबारे छानविन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि भएको जुत्ता प्रहारबारे छानविन हुने भएको छ । 

छानविन गर्नका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा आज सोमबार एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।

महानगरीय परिसरका डिएसपी होबिन्द्र बोगटीले रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस