काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते
एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते
ट्याक्टर सहचालकको मृत्यु, चालक पक्राउ