काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याएका छन ।
विहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिँदै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।
उनले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताए । उनले यस अघि पनि यस्ता किसिमका अभिव्यक्ति दिँदै आएका थिए । उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद
देश विकासको गतिमा अगाडि बढेको छ: प्रधानमन्त्री ओली
स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस् : प्रधानमन्त्री ओली
प्रचण्डसँग सम्पर्क गर्न अहिले पनि म प्रयासरत छु: प्रधानमन्त्री ओली
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदैछ : प्रधानमन्त्री ओली