काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा संवाद गरेका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गरेको जानकारी दिएका हुन ।
बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा ‘प्रचण्ड’सँग टेलिफोन संवाद गरेका हुन् । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसद्लाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने