काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।
सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ/दस दिन पर्खेर खान मिल्ने पाइयो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ माघ २०७६, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !