काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।
टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा हुनुहुन्छ । यसअघि उहाँ ६०औं स्थानमा हुनुहुन्थ्यो ।
यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा हुनुहुन्छ । यसअघि उहाँ ८३औँ स्थानमा रहनुभएको थियो । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहनुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा