सीएमसी चितवन प्रिमियर लिगः राप्ती र्‍यापिड्सको लगातार दोस्रो जित

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १६ : ५२
सीएमसी चितवन प्रिमियर लिगः राप्ती र्‍यापिड्सको लगातार दोस्रो जित

चितवन । सीएमसी चितवन प्रिमियर लिगमा राप्ती र्‍यापिड्सले दोस्रो पटक जित हासिल गरेको छ । 
आज सम्पन्न भएको पहिलो खेलमा सौराहा स्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै राप्तीले दोस्रो जित हात पारेको हो ।

नारायणगढको क्याम्पाचौरमा सम्पन्न खेलमा सौराहाले दिएको १११ रनको सामान्य लक्ष्य राप्तीले १६.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्‍यो । राप्तीको जितमा हरिबहादुर चौहानले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । उनलाई कमल थापाले ३८ रन बनाएर साथ दिए ।

थापाले ३२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै लक्की सापकोटाले १४ रन बनाए भने कप्तान आकाश थापा १ रनमा आउट भए । सौराहाका आकाश चन्द, अनुज चनरा र सुवर्ण भट्टले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुवात गरेको थियो । सौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन मात्र बनाएको थियो । स्कोर बोर्डमा खाता नै नखोल्दा सौराहाका ओपनर रित गौतम शून्यमै पेभिलियन फर्किए ।

दोस्रो विकेटका लागि राजेश ढकाल र प्रशान्त महतले २३ रनको साझेदारी गरे । प्रशान्त २१ तथा राजेश ७ रनमा आउट भए । कप्तान सन्तोष न्यौपानेले अभिजित ३५ रन बनाए । उनले ५३ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।

राप्तीका राम नरेश गिरी र कमल थापाले समान २÷२ विकेट लिए । गिरीले ४ ओभरमा २१ रन खर्चिए भने थापाले ३ ओभरमा २३ रन दिए । खेलको म्यान अफ दि म्याच राप्तीका लागि ५४ रनको अर्धशतकीय पारी खेलेका हरिबहादुर चौहन घोषित भए । 


 

प्रतिक्रिया दिनुहोस