अन्ततः युरोपियन युनियनबाट बाहिरियो बेलायत

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, ०८ : १६
अन्ततः युरोपियन युनियनबाट बाहिरियो बेलायत

काठमाडौं । बेलायत औपचारिक रुपमै युरोपियन युनियन (ईयु)बाट बाहिरिएको छ । शुक्रबार रातिदेखि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा आलग भएसँगै युरोपियन युनियनको सदस्यताबाट समेत पूर्णरुपमा बाहिरिएको छ । 
अलग भएसँगै अब एघार महिना अर्थात ३१ डिसेम्बर २०२० सम्म संक्रमणकालिन अवधिको रुपमा रहनेछ । 

अलग्गिएको दिनलाई बेलायतवासीहरुले ठूलो उत्सवका रुपमा हर्षोल्लासकासाथ मनाएका छन् । संसद भवनबाहिर भव्य कार्यक्रम आयोजना गरियो जहाँ हजारौं सहभागी थिए । दिनभर ब्रेक्जिट पक्षधरहरु झण्डा बोकेर नारा लगाइरहेका थिए । 

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतवासीका नाममा विशेष सम्बोधन गर्दै अब नयाँ बिहानी शुरु भएको बताएका छन् । 
ब्रेक्जिटलाई लक्षित गर्दै शुक्रबारबाट ‘शान्ति, समृद्धि र सबै राष्ट्रहरुसंग मित्रता’ पदावली उल्लेख भएको ५० पेन्सका तीस लाख ब्रेक्जिट स्मारक सिक्का निष्कासन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस