वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १६ : ३१
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय राजन अर्याल र झापा घर भएर भक्तपुर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी छन् ।

दुबई र अल्वानियामा पठाउँछु भनेर अर्यालले ३ लाख रुपैयाँ ठगी गरेका हुन् । राजवंशीले ५ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा पठाएको छ ।  

प्रतिक्रिया दिनुहोस