बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, ११ : ४७
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते

लन्डन । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो । यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन् । यस घटनामा पीडित अधिकांश बालबालिकाको उमेर छ वर्षदेखि ११ वर्षबिच रहेको बताइएको छ ।

टेलर–स्वीफ्ट थिमको डान्स तथा योगा क्लासमा एक किशोरले उक्त हमला गरेको बताइएको छ । घाइतेमध्ये ६ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ ।

यस घटनामा घाइते भएका अन्य दुई वयस्कको अवस्था पनि गम्भीर रहेको बताइएको छ । संदिग्धले चक्कु बोकेर उक्त डान्स क्लासमा छिरेको अनि अन्धाधुन्ध बालबालिकाहरूलाई चक्कु हान्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बालबालिकालाई बचाउन खोज्दा दुई जना वयस्कलाई चोट लागेको प्रहरीले बताएको छ । हत्या र ज्यान मार्ने प्रयास गरेको आरोपमा घटनास्थलबाट प्रहरीले १७ वर्षको एक किशोरलाई पक्राउ गरेको छ । यस घटनाबारे छानबिन भइरहेको छ । चक्कु प्रहारको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस