काठमाडौं। बेलायतमा आज आम चुनाव हुँदैछ । चुनावमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान हुने बीबीसीले जनाएको छ ।आज हुने चुनावमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको थियो ।प्रधानमन्त्री सुनकले गएको मे २२ मा जुलाई ४ लाई आम चुनाव हुने घोषणा गरेका थिए । त्यसको आठ दिनपछि मे ३० मा संसद् विघटन गरिएको थियो ।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टीले नेतृत्व गरिरहेको छ ।मतदान सकिएलगत्तै मतगणना हुनेछ । शुक्रबार बिहानसम्म अधिंकाश मतपरिणाम सार्वजनिक हुने आपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते