संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १८ : ४६
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला

काठमाडौँ । संविधान जारी भई लागु भएको ९ वर्ष पूरा भएर १० वर्षमा प्रवेश गरेको छ। अनेकौँ बाधा, अवरोध र प्रसव पीडाका विच संविधान सभाद्वारा २०७२ असोज ३ गते संविधान जारी गरिएको थियो।

यो एक ऐतिहासिक दिन हो। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट निरङ्कुश तानासाही राजतन्त्र र समान्तवादी व्यवस्थाको अन्त भई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। जन आन्दोलन र जन क्रान्तिका उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता लोकतान्त्रिक मूल्य मान्यतासहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान सभाबाट संविधान निर्माण भएको हो।

नेपाली जनताको अपनत्व, स्वामित्व र सार्वभौमसत्ता सहितको नेपालको संविधान लागु भएको एक दशक पुग्न लागेको छ। संविधानको एक दशकको प्रयोगबाट यसका सकारात्मक र नकारात्मक दुवै प्रभावहरू देखिनु स्वाभाविक हो। यसै पनि यो सम्झौताको दस्ताबेज हो। त्यसैले संविधान संशोधनको चर्चा चल्नुलाई अन्यथा रूपमा लिनु पर्दैन। संविधान असंशोधनिय दस्ताबेज होइन, यो संशोधनिय र परिवर्तनशील दस्तवेज हो। त्यसैले संविधान दिवसको अवसरमा संविधान संशोधनको बहस अघि बढाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस