भैरहवा । बोराको थुप्रोले थिचेर भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटना गएराति घटेको हो ।
बोराले थिचेर भारतको बिहार घर भई १२ र १५ वर्षदेखि भैरहवामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं ६ गल्लामण्डीमा भाडामा बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए।
सुतिरहेको कोठामा खात लगाएर राखिएका बोराहरू खस्दा च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५-२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु