ब्यापारी श्रेष्ठ हत्या आरोपीलाई जन्मकैदको फैसला, तीन जनाले पाए सफाई

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, ११ : १७
ब्यापारी श्रेष्ठ हत्या आरोपीलाई जन्मकैदको फैसला, तीन जनाले पाए सफाई

दाङ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदको फैसला सुनाइएको छ । घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै जिल्ला अदालत सल्यानले १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो ।

सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ । घटनाका मुख्य योजनाकार टीकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्धामा थप दश बर्ष कैद फैसला सुनाइएको छ । प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो ।

अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो । अदालतले पुजा घर्ती, अबिरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगद थापा र बिरे घर्तीलाई अपरहण मुद्धामा कारागार चलान गरिएको छ ।

यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको हो । दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भनिएता पनि ११ जना मात्रै पक्राउ परेका छन् । बाँकी तीन जना अझै पनि फरार रहेका छन् ।

घटना भए लगत्तै दाङका तत्कालीन एसपि हालका एसएसपि धिरजप्रताप सिहको पालामा अभियुक्तहरु पक्राउ गरेर कानुनि दायरामा ल्याइएको थियो । सिहले आफ्नो कार्यकालमा श्रेष्ठको हत्यामा सलग्नलाई पक्राउ गरेर प्रहरिको सकृयता बढाउदा वाहवाही पाएका थिए । सिह दाङको एसपि हुदा नै एसएसपिमा बढुवा भएर काठमाडौंको अपराध महाशाखाको प्रमुख भएर काम गर्दा पनि मन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस