नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आगजनी भएको छ ।
गएराति कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।
आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।
त्यस्तै यशोधराको ३ नम्बर वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०७६, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी
चितवनका स्थानीयले रेलमार्ग सर्भे टोलीको गाडीमा गरे आगजनी
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी