विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

आन्दोलनसँगै अराजकता

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, ११ : १६
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

विराटनगर। विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पस अगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए ।

प्रतिक्रिया दिनुहोस