अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १० : ४३
अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी

चितवन ।  चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।

बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै जना फरार छन् ।बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेका छन् । सो समूहले ‘कारर्वाही गछौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस