मुम्बई । आज बलिउड अभिनेता सलमान खानको जन्मदिन हो । आजै दिन पारेर खानकी कान्छी बहिनी अर्पिता शर्माले एक् छोरीको जन्म दिएकी छिन् ।
अर्पिताले अपरेशनमार्फत मुम्बईको खारस्थित हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अर्पिताका श्रीमान आयुष शर्माका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको छ ।
समाचारअनुसार सलमानले अरु भाइबहिनीमध्ये बहिनी अर्पितालाई सबैभन्दा धेरै माया गर्छन् । आफ्नो प्रिय दाईको जन्मदिन खास बनाउन चाहन्थिन् अर्पिता । सोहीअनुसार अर्पिताले जन्मदिनकै अवसर पारेर सिजरियनमार्फत बच्चा जन्माउने निर्णय गरेकी हुन् ।
सलमानकी बहिनी अर्पिताको २०१४ मा हैदराबादको ताज होटलमा भव्यताका सम्पन्न भएको थियो । उनले ४ वर्षअघि छोरा जन्माएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की