गर्मीमा मेवा खानुका यस्ता छन फाइदा....

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, ०८ : २१
गर्मीमा मेवा खानुका यस्ता छन फाइदा....

काठमाडौं । गर्मी मौसममा तापमान बढ्दै गएसँगै शरीरलाई हाइड्रेट राख्नु पर्ने आवश्यकता पनि बढ्छ । यस्तोमा हामीलाई शितल रहन मद्दत गर्ने एक फल मेवा पनि हो  । 

यसमा कयौं खालका पोषक तत्व पाइन्छ । यसैले पनि यसलाई सुपर फूड भनिन्छ । हामीले गर्मीमा मेवा खानै पर्ने कारणहरू के के छन् ? आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं । 

शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ 

मेवामा पानी निकै मात्रामा हुन्छ । यसमा लगभग ८८ प्रतिशत पानी नै हुन्छ । यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । यसलाई खाँदा शरीरमा पोटाशियम जस्ता जरुरी इलेक्ट्रोलाइट्सको पूर्ति हुन्छ । 

पाचनमा सुधार गर्छ

गर्मीयाममा गर्मीले पाचनलाई सुस्त बनाएको हुन सक्छ । यसका कारण हामीले अल्छि लागेको महसुस पनि गर्न सक्छौं । तर मेवामा पपेन हुन्छ । यो शक्तिशाली पाचन एन्जाइम हो । यसले प्रोटिनलाई टुक्रयाउन मद्दत गर्छ र हेल्दी गटलाई बढाउँछ । यो अपच, सुन्निएको र कब्जियत जस्ता समस्याको प्राकृतिक उपचार पनि हो । 

इम्युनिटी बढाउँछ

मेवामा भिटामिन सी १५० प्रतिशत पाइन्छ । भिटामिन सीले इम्युनिटी बूष्ट गर्न मद्दत गर्छ । यसले घामका कारण ड्यामेज भएको छाला रिपेयर गर्न पनि मद्दत गर्छ अनि कोलेजन बढाउँछ । 

छालाको स्वास्थ्यको लागि फाइदाजनक

मेवामा बीटा–क्यारोटिन, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यी पोषक तत्वहरू फ्रि रेडिकलविरुद्ध लड्छ, बुढ्यौलीलाई सुस्त बनाउँछन् अनि छालालाई यूभीबाट हुने क्षतिबाट पनि बचाउँछ । यसको नियमित सेवनले ट्यानिङ कम गर्न, घामले डढेको कम गरेर छालाको रंग एक समान बनाउन मद्दत गर्छ । यसबाट छालाले गर्मीमा पनि प्राकृतिक चमक पाउँछ । 

लो कम क्यालोरीयुक्त खानेकुरा

तपाईं गुलियो खाना खान चाहनुहुन्छ तर पेट फुल्ने समस्याको सामना गर्न चाहनुहुन्न ? त्यसो हो भने मेवा तपाईंको लागि राम्रो विकल्प हो । यो प्राकृतिक रूपमा गुलियो हुन्छ । तर यसमा क्यालोरी र बोसो निकै कम हुन्छ । गर्मीमा सन्तुलित आहार लिन चाहनेका लागि यो फाइदाजनक छ । 

आँखाको लागि फाइदाजनक

कडा घामको अर्थ हो पराबैंजनी किरणहरूको सम्पर्कमा आउनु । यसले आँखामा दबाब उत्पन्न गराउन सक्छ ।

मेवामा पाइने लुटिन, जेक्स्यान्थिन र भिटामिन ए जस्ता तत्वले आँखाको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । यसले उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन र अत्यधिक घामको कारणले हुने तनावबाट पनि आँखालाई बचाउँछ । 

प्रतिक्रिया दिनुहोस