काजकस्तानमा १ सय यात्रु बोकेको विमान दुर्घटना, ९ को मृत्यु

एजेन्सी

शुक्रबार, ११ पुस २०७६, १० : ५९
काजकस्तानमा १ सय यात्रु बोकेको विमान दुर्घटना, ९ को मृत्यु

एजेन्सी । काजकस्तानमा एक सय यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुंदा ९ जनाको मृत्यु भएको छ ।  अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । बीबीसीले जनाए अनुसार अहिलेसम्म ९ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । बाँकी यात्रुको उद्धार भइरहेको छ।

दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ गर्ने्बित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ। अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए। दुर्घटनाग्रस्त विमानमा आगलागी भने नभएको बताइएको छ ।

दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किन पुगेको छ । बेक एअर सन् १९९९ मा स्थापना भएको हवाइसेवा प्रदायक कम्पनी हो। जसले सुरुमा भीआईपी उडान मात्रै गर्थ्यो । अहिले भने यसले आफू कजाकस्तानकै सस्तो हवाइ सेवा दिने कम्पनी भएको दाबी गर्छ।

प्रतिक्रिया दिनुहोस