युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १२ : १९
युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

किभ । युक्रेनमा एफ–१६ डाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो ।

सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको बताइएको छ।

यस घटनामा विमानका पाइलट ओलेक्सी मेसको निधन भएको छ ।  यो महिनाको सुरुमा नेटोले युक्रेनलाई लडाकु विमान उपलब्ध गराएयता यो पहिलो घटना भएको बताइएको छ ।

रुसी आक्रमणसँग विमान दुर्घटनाको प्रत्यक्ष सम्बन्ध नरहेको युक्रेनी सेनाको दाबी छ । ओलेक्सीले रुसी आक्रमणको समयमा तीनवटा क्रुज मिसाइल र एउटा ड्रोन नष्ट गरेको सेनाको दाबी छ ।

उनले रुसी मिसाइलबाट युक्रेनीहरूलाई बचाएको पनि युक्रेनको हवाई बलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेको छ । दुर्भाग्यवश यसको मूल्य उनले ज्यान दिएर चुकाउनु परेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस