भरतपुर । भरतपुर महाानगरपालिका प्रमुख रेनु दाहालले व्यवहारिक रुपमा शैक्षिक हब बनाउने अभियानमा महानगर अघि बढेको बताउनुभयो ।
महानगरपालिकाको पहिलो प्राथमिकता सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्ने रहेको बताउदै उहाले भन्नुभयो हाम्रा बाबुनानीहरुलाई सामूदायिक विद्यालयमा आकर्षित गर्न सबै मिलेर गुणस्तर वृद्धि गर्नुपर्छ । आइतबार बालकुमारी मा. वि नारायणगढले आयोजना गरेको शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रममा उहाँले शैक्षिक गुणस्तर वृद्धिको लागि महानगरसंग हमातेमालो गर्न प्रमुख दाहलले विद्यालय व्यवस्थापन समिति शिक्षक , अभिभावक र स्थानिय बासीन्दालाई आग्रह समेत गर्नुभएको छ ।
बालकुमारी मा .वि को पछिल्लो समय खस्कदै गएको गुणस्तर प्रति चिन्ता गर्दे उहाँले गुणस्तर वृद्धि गर्न विद्यालय राजनितिबाट टाढा रहनु पर्ने बताउनु भयो ।
महानगरले शैक्षिक गुणस्तको लागि नगर शिक्षा ऐन पारित गरी नियमावती र कार्यविधि बनाई अघि बढेको बताएदै प्रमुख दाहलले शैक्षिक गुणस्तर बृद्धिका लागि हालै महानगरका प्रद्यानध्यापकहरुसंग आन्तक्रिया गरेको बताउनु भयो नारायणगढको मुटु क्याम्पाचौर भएको चर्चा गर्दे मेयर दाहालले कर्याक्रम गर्ने साझा स्थल क्यापाचौरलाई मिनिस्टडियम बनाउन महानगर अग्रसर भएको बताउनुभयो ।
तीस वर्ष सम्म कालोपत्रे हुन नसकेको बालकुमारी कलेज स्कूल चोकसम्म कालोपत्रे गरिएको बताउदै उहाँले भन्नु भयो । गोनराङ्क देखि पुलचोक सम्म छ लेनको सडक बनाउने काम शुरु भएको जानकारी दिनुभयो। सो अवशरमा उहाँले विद्यालय भवन निमार्ण समितिका पदाधिकारी बालमाविदका पदाधिकारी शिक्षक र कर्मचारीहरुलाई सम्मान गर्नुृभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो
ठोरीलाई त्रिदेशीय नाकाका रुपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल