रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाउँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते मङ्गलबारका दिन आयोजना गरिने महोत्सवमा नेपाली, चाइनिज, थाई, इटाली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने आज लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।
लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताउनुभयो । “आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ” महासचिव शर्माले भन्नुभयो ।
महोत्सवमा १०० वटा खानाका स्टल रहने उहाँले बताउनुभयो । स्थानीय खानाका परिकारका छुट्टै स्टल राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो । सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताउनुभयो । “लुम्बिनीको स्थानीय खानाको परिकारलाई ब्राण्डिङ गर्ने तयारी गरेका छाँै, उहाँले भन्नुभयो, “बुद्धको समयदेखि नै दूधका परिकार प्रचलनमा रहेकाले केही परिकारलाई ‘ब्राण्डिङ’ गर्छांै ।”(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ पुस २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने