सिन्धुपाल्चोक । नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ।
मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। बिचौलियाका कारण छिमेकी भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि नेपाली व्यापारीको आँखा चिनियाँ प्याजमा परेको हो। राजधानी काठमाडौंबाट तीन हजार पाँच सय किलोमिटर टाढा दुरीमा रहेका चीनका विभिन्न सहर पुगेर व्यापारीले प्याज आयात गरिरहेका छन्।
बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले नेपाली बजारमा अभाव देखिन थालेदेखि नै चिनियाँ प्याजको आयात बढेको बताए। ‘मंसिर लागेदेखि नै चीनबाट आयात हुने प्याजको आयात परिमाण ह्वात्तै बढेको हो,’ उनले नागरिकसँग भने। नाकाबाट दैनिक औसतमा १० कन्टेनर (एक सय टन) चिनियाँ प्याज राजधानी आयात भइरहेको ओलीले जानकारी दिए। यसअघि गत जेठ १५ गतेबाट नाका सञ्चालनमा आएयता सातामा दुई–चार कन्टेनर मात्र प्याज आयात हुन्थ्यो।
तीन साताबीचमा नाकाबाट एकै दिन दुई सय ५० टन (२५ कन्टेनर) सम्म चिनियाँ प्याज आयात भएको भन्सारको तथ्यांक छ। नाकाबाट दैनिक भित्रने सामग्रीको दुई तिहाइ हिस्सा चिनियाँ कृषिजन्य उत्पादनले ओगट्दा प्याजले एक तिहाइ स्थान लिइरहेको छ। नाकाबाट यतिबेला दैनिक ३५ कन्टेनरसम्म चिनियाँ सामग्री आयात भइरहेको तथ्यांक छ।
आयातको पहिलो हिस्सा भने चिनियाँ स्याउ रहेको छ। सिजन सकिँन लाग्दा पनि नाकाबाट दैनिक १५ कन्टेनर (डेढ सय टन) सम्म स्याउको आयात भइरहेको भन्सारले जनाएको छ। दक्षिणी नाकामा गडबडी उत्पन्न भएर आयात प्रभावित हुँदा होस् या सिजनमा सस्तो पर्दा बिकल्पमा चिनियाँ सामग्रीले नेपाली बजार लिने गरेको छ। दसैं, तिहार लगायत गएको चाडबाडको सिजन सस्तोका कारण नेपाली र भारतीय छोडेर चिनियाँ स्याउमा नेपाली उपभोक्ताको आकर्षण बढेको थियो। अभाव भएकै कारण अहिले नेपाली बजार चिनियाँ प्याजले ओगटी रहेको छ। नागरिक दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ मंसिर २०७६, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
प्याजको भाउ महँगियो
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात
भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध