चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनसहित महानगरलाई शैक्षिक हब बनाउने प्रयास सफल हुँदै गएको बताएकी छिन । महानगरको नयाँ शैक्षिक गन्तव्य निर्धारण गोष्ठीमा उनले रामपुरमा इन्जिनियरिङ क्याम्पस ल्याउन सफल भएको, भरतपुर २३ मा बहुप्राविधिक विद्यालय स्थापनाको काम धमाधम भईरहनु पनि शैक्षिक विकासमा एउटा खुड्किलो चढेको बताइन् ।
खुल्ला विश्वविद्यालय महानगरमा ल्याउने प्रयास जारी रहेको दाहालले बताइन् । जग्गा निरिक्षण लगायतका काम अघि बढेको सुनाउँदै उनले महानगरमा खुल्ला विश्वविद्यालय आएमा शैक्षिक हब बनाउने प्रयासमा अर्को इँटा थपिने बताइन् ।
महानगरको शैक्षिक विकासका लागि महानगरको कुल बजेटको १५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको बताउँदै उनले आगामी वर्ष थप्दै लैजाने बताइन् । उनले महानगरमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप एक एक वटा ल्यापटप दिने कार्यक्रम अघि सारिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द