घातक रासायनिक हतियार प्रयोग गरिएको छैन : सिरिया सरकार

बुधबार, २४ माघ २०७४, १५ : २२
घातक रासायनिक हतियार प्रयोग गरिएको छैन : सिरिया सरकार

सिरिया सरकारले विद्रोहीका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वीघटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोही विरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाली विदेश मन्त्रालयले हालैमात्र पनि एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारको प्रयोग नगरेको स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस