काठमाडौं । उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकमा आज आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराउनुभयो ।
सांसद बस्नेतले नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा चन्द समूहका युवाहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । नेकपा प्रवेश गर्नेमा चाँगुनारायण इञ्जिनियरीङ कलेजका २१ इञ्जिनीयरसहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ तरुण युवा, नेपाली काँग्रेसका सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।
त्यसैगरी नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातिकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना रहेको नेकपा अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
त्यस्तै राप्रपा युवक सङ्गठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्णभक्त लागेजूसहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।
चन्द समूहको भ्रातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चाँगुनारायण नगरपालिकाका विभिन्न वडा, मध्यपुरथिमिका र मोरङ जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठासहित १६५ जनाले विप्लव समूह त्यागेर नेकपा प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका क्षेत्रका नेमकिपाका थप १० सहित विभिन्न पार्टीका साधारण सदस्यसमेत रहेका कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ मंसिर २०७६, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
भारत, अमेरिका र युरोपको रवैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ : ‘विप्लव’
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भइरहेको छ : विप्लव