काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तर्राष्ट्रिय संवेदनशीलताको विषयमा सामान्यरूपले सोचेर नपुग्ने बताएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको महासचिव नेत्र विक्रम चन्द (विप्लव) को राजनीतिक प्रतिवेदनमा यसको व्याख्या छ ।
‘अन्तर्राष्ट्रिय कामको महत्त्व र संवेदनशीलता कति छ भन्ने विषय स्पष्ट नै छ र हुनुपर्छ । यो विषयमा सामान्यरूपले सोचेर मात्र पुग्दैन भने अप्ठ्यारो पनि बन्न दिनु हुँदैन,’ महासचिवको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
१७ पृष्ठको राजनीतिक प्रतिवेदनमा असन्तर्राष्ट्रिय सम्बन्धबारे छुट्टै शीर्षक छ । जहाँ हालसम्म पार्टीले लिँदै आएको नीतिलाई नै अगाडि बढाउने भनिएको छ ।प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेकपाले हालसम्म जस्तो नीति लिएको छ, त्यसलाई पकड्दै सामाजवादी धारासँग निकट सहकार्य, मालेमावादीसँग भाइचार सहकार्य र ब्रिक्स धारसँग मित्रवत सम्बन्ध बनाएर अगाडि बढ्नु पर्दछ ।’
यो नीति अवलम्बन गर्ने र भारत, अमेरिका र युरोपियन युनियनसँग उनीहरूको भूमिका अनुसारको प्रतिक्रिया दिँदै जाने र कूटनीतिक भेटघाट पनि गरिराख्नुपर्ने नीति लिने भनिएको छ ।
महासचिव विप्लव भारतप्रति अझ कोठर रूपमा प्रस्तुत भएका छन् ।उनी लेख्छन्, ‘यसो गर्दा भारतले नेपालप्रति लिने अतिक्रमणकारी, हस्तक्षेपकारी, साम्राज्यवादी रवैयाका बारेमा भने कार्य अनुसारको प्रतिक्रिया दिँदै बढ्नु पर्दछ ।’
राष्ट्रिय हित र जनसरोकारका विषयमा आवश्यकता अनुसार अमेरिका र युरोपियन युनियनसँग कूटनीतिक भेटघाट गर्नुपर्नेमा जोड दिइएको छ ।नेपालको सामु देखिएको खराब सम्भावना सहायक भए पनि चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसमा अमेरिकीनीतिसँग जोडिएको छ । ‘किन यो चुनौतीपूर्ण छ भने नेपाललाई आफ्नो स्वार्थ र हित अनुकूल प्रयोग गर्न साम्राज्यवादी शक्ति विशेषतः अमेरिका जोडतोडले लागेको छ,’ प्रतिवेदनमा छ ।
अमेरिकी स्वार्थमा नेपालको दलाल पूँजीपतिवर्ग जोडिएको उल्लेख गर्दै अगाडि लेखिएको छ, ‘यी हावी भए भने चार मित्र शक्तिहरू बीचमा एकता र मोर्चा बन्ने छैन, बने पनि टिक्न सक्ने छैन । कम्युनिस्ट आन्दोलन विभाजनबाट बाहिर आउन सक्ने छैन । जनतामा विभिन्न अन्योलता र भ्रम छाउने छ ।’
नेपालमा अमेरिकारको प्रभावबारे विप्लवले थप व्याख्या गरेका छन् ।
‘अमेरिकी साम्राज्यवादले नेपालमा सैन्य अखडा खडा गर्नेछ । प्रतिगामी एवं यथास्थितिवादीहरूले नयाँ षडयन्त्र गर्ने छन्,’ अगाडि लेखिएको छ, ‘धर्म राजनीतिले जनतालाई भ्रमित पार्नेछ । नेपाललाई समाजवादतिर जानबाट रोक्ने छन् । यस्तो भयो भने नेपालले अरू धेरै वर्ष कठोर संघर्षको मार्ग पार गर्नुपर्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भइरहेको छ : विप्लव
नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाको जनसभालाई एक बजे सम्बोधन गर्ने