जनकपुरधाममा गुन्जियो ‘गो ब्याक ईन्डिया’ को नारा

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, १८ : ४२
जनकपुरधाममा गुन्जियो ‘गो ब्याक ईन्डिया’ को नारा

जनकपुरधाम । भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रदर्शन गरेको हो । 

कालापानी, लिपुलेक र लिम्यिाधुरा होम्रो हो भन्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै, मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरिएको छ । कार्यवाहक अध्यक्ष मनिस यादवको अगुवाइमा नगर प्रदर्शन भएको थियो ।

केही दिन अघि भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस