बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी