काठमाडौँ । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आज सिंहदरवारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो ।
बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको जानकारी गराइन् ।
बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अग अवयवहरूले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताए । उनले छिटो छरितो न्याय सम्पादनका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान
उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
न्याय परिषद्अघि बारको धर्ना, नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्त गर्न नदिने चेतावनी
दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस