काठमाडौं । एटीएम ह्याकिङ प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनीहरु जेल चलान भएको महानरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरेकोमा उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।
अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने अन्य दुई जनासँग जनही २५ लाख धरौटी माग गरेको थियो । चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
तीनकुने घटनामा संलग्न थप दुई पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ