एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १२ : १७
एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं। नेकपा एमालेका सांसद सूर्यबहादुर थापालाई बिहीबार मध्यरातमा धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।रुपन्देहीस्थित सैनामैना नगरपालिका–११ सालझण्डी बस्ने प्रदीप पन्तलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

 

 

 

 

सांसद थापालाई पन्तले राति ११ बजेर ४६ मिनेटमा ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ उल्लेख गरेर म्यासेज पठाएका थिए । कन्सल्टेन्सीमा प्राविधिको काम गर्ने पन्तको पारिवारिक राजीतिक पृष्ठभूमि एमाले रहे पनि पन्तले डा. निकोलश भुसाल निकट रहेको हाम्रो नेपाल पार्टीमा आवद्ध थिए ।

उनी २०७९ मा रुपन्देही क्षेत्र नम्बर २(ख) अन्तर्गत लौरो चिन्हमा चुनाव उठेका थिए । त्यतिबेला उनले ६ हजार नौ सय ६२ मत ल्याएर तेस्रो स्थानमा परेका थिए । 

 

 

 

पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीलाई समेत थापालाई जस्तै म्यासेज पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस