बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी, कसले कति मत पाए ?

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०८१, १३ : १८
बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी, कसले कति मत पाए ?

काठमाडौँ। नेपाल बार एशोसिएसनको अध्यक्षमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

महासचिवमा पनि काँग्रेस(एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

अन्य सबै पदाधिकारीमा काँग्रेस(एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।

कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस